आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा तोकिएको छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर