सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ७०० कायम

काठमाडौं, २१ माघ। नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार भने सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर उतारचढावमा देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर