काठमाडौं । सरकारले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबार सूचना जारी गर्दै देशभर सार्वजनिक बिदा रहने जानकारी दिएको हो ।
इस्लाम धर्मावलम्बीहरूको महान पर्वका रूपमा मनाइने बकर ईद आपसी सद्भाव, त्याग र धार्मिक आस्थाको प्रतीक मानिन्छ । पर्वको अवसरमा मुस्लिम समुदायले विशेष नमाज अदा गर्ने तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ ।




