मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक : महत्वपूर्ण नियुक्ति, बढुवा र नीतिगत निर्णय

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा भएका २५ वटा महत्वपूर्ण निर्णय सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्।

प्रवक्ता खरेलका अनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ। त्यसैगरी नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्स निगमको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई तोकिएको छ।

यस्तै, नेपाली सेनाका दुई जना महासेनानीलाई सहायक रथी पदमा बढुवा गर्ने, सशस्त्र प्रहरी बल संस्थागत सुधारसम्बन्धी नियमावली स्वीकृत गर्ने लगायतका सैन्य तथा सुरक्षासम्बन्धी निर्णयहरू पनि बैठकले गरेको प्रवक्ता खरेलले जानकारी दिए।

यसअन्तर्गत राष्ट्रपतिसमक्ष अध्यादेश पेस गर्ने निर्णयसहित विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा सरकारको सहमति प्राप्त भएका अन्य निर्णयहरू समेत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर