एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन: निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै उनी दोस्रोपल्ट अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत पाउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।
प्रतिक्रिया




