३५ हजारभन्दा बढी नयाँ मतदाता थपिए झापामा

झापा । जिल्लामा हालै सम्पन्न मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार कार्यालयमा उपस्थित भएर जैविक विवरण (बायोमेट्रिक्स) दिएर ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जनाले नाम दर्ता गरेका हुन्।

नयाँ थपिएका मतदातासहित झापामा कुल मतदाताको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ। आयोगले निर्धारण गरेको अतिरिक्त दर्ता तथा अद्यावधिक अवधि सकिएसँगै नयाँ विवरण समावेश गरिएको हो।

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि नयाँ मतदाता दर्तामा उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ।

थपिएका यी मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्ने अवसर पाउनेछन्। अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेपछि उमेर पुगेका नागरिकले नाम दर्ता गर्ने प्रक्रिया सहज बनेको हो।

प्रतिक्रिया
सम्बन्धित खबर