डरलाग्दो उचाइमा सुनचाँदीको मूल्य, आज फेरि नयाँ रेकर्ड

काठमाडौँ । पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्य आज फेरि बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला रु चार हजार ५८५ पुगेको छ। दुवै धातुको यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो। बिहीबार भने सामान्य गिरावट देखिँदै सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा झरेको थियो।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मूल्य बढ्दै जाँदा त्यसको असर सुनचाँदीको भाउमा प्रत्यक्ष रूपमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर