यातायात व्यवसायीको आन्दोलनले सर्वसाधारणलाई दुःख

काठमाडौँ — गण्डकी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबारबाट देशैभरीका सार्वजनिक यातायात ठप्प पारेको छ । काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् ।सार्वजनिक यातायत नचल्दा यात्रुहरुले  एक ठाउबाट अर्को ठाउँ जानको लागी सास्ती भोग्नु परेको छ ।  उपत्यकाभित्र  साझा यातायात,  मोटरसाइकल, निजी कार र ट्याक्सी मात्र चलेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर