टोपा इन्टरनेशनल एजुकेशनल कन्सलटेनीका संचालक प्रमिला पुरी संग गरिएको यो अन्तरवार्ता

काठमाण्डौ : बिगत लामो समय देखि टोपा इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी संचालन गरि धेरै नेपालीहरुलाई उच्च शिक्षाको लागी जापान पठाउन सक्षम ब्यावसायी प्रमिला पुरी संग गरिएको यो अन्तरवार्ता

*यो क्षेत्रमा आउनको लागी कसरी प्रेरीत हुनु भयो

बिगत लामो समय म आफै जापानमा उच्च शिक्षा हासिल गरि नेपाल आएको र अन्य मुलुक भन्दा जापानमा रोजगारी राम्रो भएको र त्याहा सिकेको शिप र शिक्षाले नेपालमा पनि केही गर्नको लागी सहज हुने भएको हुदा यो क्षेत्रमा लागेको हो ।

* जापान र नेपालको फरक

जापानमा स्थिर सरकार छ भ्रस्टचार छैन नेपालमा अस्थिर सरकार छ भ्रस्टचार धेरै बिकाश कम फरक यहि छ ।

* हाल सम्म कतिको संख्यामा जापान बिधार्थी भिषामा पठाउनु भयो ।

बिगत लामो समय देखी यहि पेशामा काम गरेको हुदा २४ हजारको हाराहारीमा जापान पठएकी छु ।

* जापान जानको लागी के कति खर्च लाग्छ ।

जापान स्थित कलेज हेरेर हुन्छ । कुनै कलेजमा स्कलरसिप हुन्छ प्लेन टिकट मात्र लाग्छ भने कुनै कलेजमा २ बर्षको फि बिधार्थीहरुले बुझाउनु पर्ने हुन्छ त्यसको बिल भौचर सबै बिधार्थीहरुले पाउछ  र हामीले लिने भनेको टिउशन पडाए बापतको रकम र सर्भिस चार्ज थोरै रकम मात्र हो ।

* कन्सलटेन्सीहरुले मोटो रकम लिन्छ भन्छ त्यो के हो ?

कन्सलटेन्सी चलाउने संचालकमा भर पर्ने कुरा हो ।

* कन्सलटेन्सीहरुले एस एस डब्लु भिषा र टि आई टि पी भिषामा पनि पठाउदछ रे नी त्यो कस्तो भिषा हो ।

कन्सलटेन्सीहरुलाई एस्तो भिषामा पठाउनको लागी नेपाल सरकारले मान्यता दिएको छैन एस्तो भिषामा काम गर्नको लागी मेनपावर कम्पनीहरुले मात्र गर्ने हो त्यही भएर मलाई यो सम्वन्धि थाहा भएन र म पठाउदिन ।

* के कति बिधार्थीहरु तपाईकोमा पढ्दैछ ।

होला ४२५ जनाको हाराहारीमा

धन्यवाद

प्रतिक्रिया
सम्बन्धित खबर