वारि राजावादी, पारि एमाले, बीचमा प्रहरी

१५ जेठ, काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट निस्किएको नेकपा एमालेको र्‍याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ ।

प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै  जमलतर्फ पठाएको हो ।

 वारि राजावादी, पारि एमाले र बीचमा बाक्लो संख्यामा प्रहरी रहेका छन् । सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण प्रहरीले बनाएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित खबर