काठमाडौँ : श्रम तथा वैदेशिक रोजगार विभागले रोजगारीका लागि उड्नु अघि श्रम स्वीकृति यकिन गरेर नेपालको विमानस्थलबाट श्रम गन्तव्यमा जान वैदेशिक रोजगार विभागद्धराआग्रह गरेको छ । विभागका प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले प्रेस विज्ञप्ति जारी गरी हालैका दिनहरूमा नेपाली श्रमिकहरू श्रम स्वीकृति नलिई भारतको विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारिको लागि विभिन्न देश गई रहेको भन्ने विषय सार्वजनिक भइरहेको हुदा यस्तो आग्रह गनु भएको हो
श्रम स्वीकृति बिना वैदेशिक रोजगारमा जादा बिभिन्न कठिनाईहरु पर्न सक्ने प्रवक्ता शिवाकोटी बताउँछन् । वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुल्ला गरेका मुलुकको हकमा वैदेशिक रोजगार विभागको स्वीकृती लिई नेपालकै विमानस्थल प्रयोग गरी जान सकिने व्यवस्था गरेको तर कानुनको अवज्ञा गर्दै श्रम स्वीकृति नै नलिई, नक्कली श्रम स्वीकृति देखाइ अर्को मुलुकको विमानस्थल प्रयोग गरी जाने कार्य नरोकिएको भन्ने विषय सुनिन थालेको शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर यता हवाई भाडा भने झन्डै दोब्बर पर्न जाने देखिन्छ ।
विभागले वैदेशिक रोजगार ऐन २०६४ ले तोके बमोजिम अन्तिम श्रम स्वीकृति लिए÷नलिएको विषयमा विभागको वेवसाइटमा गइ आफ्नो विवरण यकिन गर्न सकिनेपनि स्मरण गराएको छ । गैरकानूनी रूपमा जाने वा पठाउने काम गरे÷गराएमा कानून बमोजिम कारवाही गरिने विभागको भनाइ छ । गत हप्ता मुम्बई विमानस्थलमा १० जना नेपाली नागरिक भारतीय सुरक्षाकर्मीहरू बाट उडानको क्रममा पक्राउ गरेका थिए ।




