दुवई(यूएई)मा जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार

काठमाडौँ — नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ । अब देखि यो भन्दा कममा नेपाली श्रमिक माग गर्ने रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्ने छैन  यो भन्दा पहिले नेपाली श्रमिकको न्यूनतम तलब  ८ सय दिराम थियो ।

श्रम मन्त्री सरद र्सिहभण्डारीले अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको अलग-अलग तलब निर्धारण गरेको बताए । जसअनुसार अदक्षको एक हजार दिराम, अर्धदक्षको १२ सय दिराम र दक्षको १५ सय दिराम निर्धारण गरिएको छ । उनले भने,‘यूएईले  न्यूनतम तलब आफैंले तोकेको छैन । नेपाल सरकारले बजारको अवस्था हेरेर तलब निर्धारण गरेको हो । दूतावासले योभन्दा तल मागपत्र प्रमाणीकरण गर्दैन । यो तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान पाउने छैनन् । अव देखि दुवई स्थित रोजगारदाता कम्पनी र नेपाल स्थित मेनपावर कम्पनीहरुले  यो नियम पालना गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर