काठमाडौँ — अमेरिकाले निष्कासन गरेको ३७ जना नेपाली नागरिक चार्टर उडानबाट आइतबार साँझ काठमाडौं आइपुगेका छन् । ३२ पुरुष र ५ महिलालाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल-साइन एन ४८६ एएक्बाट नेपाल पठाएको हो । उक्त विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो ।
अमेरिकी अधिकारीहरूसहितको उक्त चार्टर विमान भारतीय र बंगलादेशी नागरिकलाई समेत सम्बन्धित देशको जिम्मा लगाएर काठमाडौं आएको हो ।
दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो ।




