रास्वपा र राप्रपाको विरोधलाई बेवास्ता गर्दै अघि बढ्यो प्रतिनिधिसभा बैठक

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका रास्वपा र राप्रपा ले प्रतिनिधि सभा बैठकमा उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् ।

सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक घिमिरेले नैतिकताको कुरा गर्न थालेपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरिरहेका छन् ।

सभामुखले कांग्रेसका घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेललाई बोल्न समय दिएका छन् । पौडेलपछि रास्वपाका सन्तोष परियारलाई बोल्न समय दिए पनि परियारले बोलेनन् ।

प्रतिक्रिया
सम्बन्धित खबर