इजरायलमा ७ हजार नेपाली त्रासमा

शुक्रबार इरानविरुद्ध इजरायलले आक्रमण गरेयता दुई देशबीच एक अर्काविरुद्ध मिसाइल आक्रमणको शृंखला जारी छ । शनिबार मध्यराति पनि इजरायलले इरानको तेल प्रशोधन केन्द्र लक्षित गरी आक्रमण गरेपछि इरानले जवाफी कारबाही गर्‍यो

इजरायलले इरानमाथि हवाइ आक्रमण गरेपछि जवाफमा इरानले पनि मिसाइल र ड्रोन आक्रमण गर्दा इजरायलमा नेपालीहरू त्रासमा परेका हुन् । इजरायलको तेलअभिभमा भएको विस्फोटमा धेरै क्षति भएको छ । तेलअभिभको करिब ५ किलोमिटरको दुरीमा नेपालीहरू बंकरमा बसेका छन् । इजरायलमा झन्डै ७ हजार नेपाली कार्यरत छन् । त्यसमध्ये पछिल्लो समयमा केयरगिभरमा २ हजार जना पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खबर