त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा विश्वविद्यालयका पदाधिकारीसँग भएको छलफलमा  प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन् ।

नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले जेठ १४ गते उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरे पनि रिहा भइसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खबर