सिन्धुलीगढी नेपालको सिन्धुली जिल्लामा अवस्थित एक ऐतिहासिक गढी हो। वि.सं. १८२४ (सन् १७६७) मा पृथ्वीनारायण शाहको शासनकालमा नेपाली सेना र अंग्रेज (इस्ट इन्डिया कम्पनी) बीच सिन्धुलीगढीमा युद्ध भएको थियो। कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज सेना काठमाडौं उपत्यका उद्धार गर्न आएको थियो, तर नेपाली सेनाले गुरिल्ला युद्ध शैली प्रयोग गरी सिन्धुलीगढीमै अंग्रेजलाई पराजित गर्यो। यो युद्ध एशियामा अंग्रेजको पहिलो पराजयको उदाहरण मानिन्छ। सिन्धुलीगढी राष्ट्रिय एकीकरण र स्वाभिमानको प्रतीक हो। अहिले यो ऐतिहासिक र पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ।
प्रतिक्रिया
सम्बन्धित खबर




