१००० वर्ष पुरानो शिव मन्दिरको विवादले थाइल्यान्ड–कम्बोडिया तनाव युद्धमा रुपान्तरण हुने चेतावनी

थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना प्रिह विहियरता मुएन थोम शिव मन्दिरको स्वामित्वलाई लिएर चलिरहेको विवाद सैन्य झडपमा परिणत भएको छ।

  • विहीबार सुरु भएको झडपमा कम्बोडियाबाट गोली प्रहार हुँदा थाइल्याण्डमा एकजनाको मृत्यु र तीन जना घाइते भएपछि थाई सेनाले हवाई आक्रमण सुरु गरेको हो।

  • शुक्रबार थाई कार्यवाहक प्रधानमन्त्रीले स्थिति चर्किए युद्धमा जान सक्ने चेतावनी दिए।

  • कम्बोडियाले संयुक्त राष्ट्रसंघसँग तत्काल सैन्य कारवाही रोक्न अपिल गरेको छ।

  • थाइल्यान्डले भने आफु वार्ताका लागि तयार रहेको तर कम्बोडियाको आक्रामकता नरोकिएसम्म वार्ता सम्भव नभएको जनाएको छ।

दुवै देशको झडप सीमावर्ती १२ ठाउँमा फैलिएको छ। अहिलेसम्म थाइल्याण्डमा १५ जनाको मृत्यु (१ सैनिक र १४ सर्वसाधारण) भइसकेको छ भने ४६ जना घाइते भएका छन्। कम्बोडियातर्फ भने आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।

विवादको जड:

  • मन्दिरहरू ऐतिहासिक रूपमा खमेर साम्राज्य (कम्बोडिया) अन्तर्गत निर्माण गरिएका थिए।

  • १९०७ मा फ्रेन्च उपनिवेशकालीन नक्सामा प्रिह विहियर मन्दिर कम्बोडियातर्फ देखाइएको थियो, जसको थाइल्यान्डले विरोध गर्दै आएको छ।

  • ता मुएन थोम मन्दिर थाइल्यान्डको भूभागमा पर्छ तर कम्बोडिया पनि यसमा दाबी गर्छ।

अदालती फैसलाहरू:

  • सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले प्रिह विहियर मन्दिर कम्बोडियाकै भएको ठहर गर्दै थाई सैनिकहरू हटाउन आदेश दिएको थियो।

  • सन् २०१३ मा अदालतले फेरि पुष्टि गर्‍यो कि मन्दिर वरिपरि भूभाग पनि कम्बोडियाकै हो।

हालको स्थिति:

  • थाई सेनाले सीमावर्ती ८ जिल्लामा मार्शल ल घोषणा गरेको छ।

  • पछिल्लो तनाव एमराल्ड ट्रायङ्गल क्षेत्र (जहाँ थाइल्यान्ड, कम्बोडिया, लाओसको सीमा भेटिन्छ) मा मे महिनामा सुरु भएको थियो।

थाइल्यान्ड र कम्बोडियाबीच धार्मिक र ऐतिहासिक महत्त्व बोकेको मन्दिरको स्वामित्व विवाद अहिलेसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन र हाल स्थिति युद्धतर्फ उन्मुख देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर