तुर्कमेनिस्तान सम्मेलनबारे राष्ट्रपति पौडेललाई प्रधानमन्त्री ओलीको जानकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सम्मेलनका मुख्य विषय र उपलब्धिबारे राष्ट्रपति पौडेललाई अवगत गराए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक विषयहरूबारे पनि द्विपक्षीय कुराकानी भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर