प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दुवै नेताबीच महत्वपूर्ण विषयमा छलफल हुने तयारी छ।

यसअघि बुधबार नै वार्ता हुने भनिएपनि केही कारणवश स्थगित भएको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मंगलबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री कार्कीले मोदीसँग टेलिफोन वार्ता गर्ने जानकारी दिएका थिए।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी भारतीय प्रधानमन्त्री मोदीको सन्देश समेत सुनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर