काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आज त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ ।
गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन् । मन्त्री पुनले सरकारले सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयनमा आएको जानकारी दिँदै उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिनुभयो ।
मन्त्री पुनको निजी सचिवालयका अनुसार उहाँले अस्पताल प्रशासनलाई उपचार प्रभावकारी र सहज बनाउन विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।




