दसैं सन्देशमा ‘पूर्व श्री ५’ सम्बोधन प्रयोग

काठमाडौँ । दसैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको सन्देशमा पहिलोपटक ‘पूर्व श्री ५’ सम्बोधन गरिएको छ।

निर्मलनिवासबाट आइतबार जारी गरिएको सन्देशमा पूर्वराजालाई ‘पूर्व श्री ५’ भनेर उल्लेख गरिएको हो। यसअघि भने निर्मलनिवासबाट प्रकाशित हुने विज्ञप्तीमा ‘श्री ५ महाराजधिराज’ सम्बोधन प्रयोग हुँदै आएको थियो।

गत असारमा संविधानले मान्यता नदिएको सम्बोधन प्रयोग गरिएको भन्दै प्रहरी प्रशासनले सोधपुछ समेत गरेको थियो। त्यसबेला पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकलाई सो सम्बोधन प्रयोग नगर्ने सर्तमा छाडिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर