काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार साँझ ५ः३० बजेसम्म ५६ राजनीतिक दलले दर्ता प्रक्रिया पूरा गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोही अवधिसम्म राष्ट्रियसभा निर्वाचनका लागि पनि १३ दल दर्ता भए।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते र राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने तय गरिएको छ। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने अन्तिम म्याद मङ्सिर ७ र प्रतिनिधिसभाका लागि मङ्सिर १० गतेसम्म तोकेको छ।




