दुर्गा प्रसाईं पुनः पक्राउ, अनुसन्धान प्रक्रिया अघि बढ्दै

काठमाडौं । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले भक्तपुरस्थित निवासबाट सोमबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार प्रसाईंलाई नियन्त्रणमा लिएर हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि पनि माघ २३ गते उनलाई पक्राउ गरिएको थियो। त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिका आधारमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरी बयान लिएपछि उनलाई हाजिर जमानीमा रिहा गरेको थियो।

त्यस्तै, माघ ५ गते पोखराबाट समेत पक्राउ परेका प्रसाईंलाई बयानपछि छाडिएको थियो। आगामी फागुन २१ गते हुने निर्वाचनसँग सम्बन्धित गतिविधिबारे अनुसन्धानका क्रममा प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर