देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा आगामी तीन दिनसम्म विभिन्न प्रदेशका पहाडी तथा तराई भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना छ। बिहीबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।

शुक्रबार पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेकाले पहिरो, बाढी तथा डुबानको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर