प्रतिनिधि सभामा आज : तीन विधेयक समिति पठाउनेदेखि विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्ने प्रस्तावसम्म

काठमाडौं, असोज १४ ।

संघीय संसद् प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकको प्रक्रिया अघि बढ्ने भएको छ। बैठकमा तीन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल गरी पारित गर्ने प्रस्ताव कार्यसूचीमा छन्।

दिउँसो १ बजे बस्ने सम्भावित बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले *मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

त्यसैगरी, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको संक्रामक पशु रोग (नियन्त्रण) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक सम्बन्धी प्रस्ताव अघि बढाउनुहुनेछ। समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गर्ने र त्यसपछि विधेयक पारित गर्ने प्रस्तावसमेत आजको कार्यसूचीमा समावेश गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर