काठमाडौँ । आगामी निर्वाचनको तयारीसँगै २८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेस गरेका छन्। आयोगका अनुसार आइतबारसम्म विभिन्न नयाँ तथा पुराना दलले दर्ताका लागि आवश्यक कागजात पेश गरेका हुन्।
निवेदन पेस गर्ने दलहरूमध्ये उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टीलगायत अन्य दलहरू समावेश छन्।
यससँगै अहिलेसम्म ७ वटा दलले आयोगबाट आधिकारिक दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको आयोगले जानकारी दिएको छ।




