काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि प्रस्तावित ‘ओली कुटी’ को नक्सा सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत रोचक व्यङ्ग्य प्रहार गरेका छन्।
मन्त्री पुनले कुटीको डिजाइन हेरेर संलग्न इन्जिनियरमाथि नै ‘सख्त कारबाही’ हुनुपर्ने सुझाव व्यङ्ग्यात्मक शैलीमा राख्दै यो नक्साले त ‘घोर बेइजती’ र ‘मानहानीको मुद्दा’ दर्ता गर्नुपर्ने स्थिति आएको टिप्पणी गरे।
उनको भनाइमा, जति सानो—दुई जना बस्ने कुटीको अपेक्षा गरिएको थियो, इन्जिनियरहरूले भने त्यहाँ ‘आधुनिक दरबारजस्ती विशाल संरचना’ ठड्याइदिएका छन्। उनले यसलाई ‘कहाँसम्मको लापरवाही हो?’ भन्दै प्रश्न उठाउँदै कटाक्षपूर्ण शैलीमा प्रतिक्रिया दिएका छन्।
ओली कुटीको नक्सा सानो कुटीबाट राजसी दरबारतिर कसरी उक्लियो भन्ने प्रश्न अहिले सामाजिक सञ्जालमै चर्चामा छ।





