संसद् निरन्तर अवरुद्ध गर्न नहुने बताउँदै,पेलेरै अगाडि बढ्ने सत्तारूढ दलहरुको तयारी

सोमबार बानेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका ओलीले गृहमन्त्री लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन्  ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने प्रतिपक्षी दलहरूको ‘बटमलाइन’ रहेको बुझेका प्रधानमन्त्री केपी शर्मा ओली ‘पेलेरै’ अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् । ओलीले संसद् अवरोधबीच पनि चल्ने र त्यसका लागि तयार रहन सांसदहरूलाई निर्देशन दिएका हुन् । शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले एउटा कर्मचारीलाई अख्तियारले अनुसन्धान गर्दैमा मन्त्रीको राजीनामा माग्नु उपयुक्त नभएको भन्दै संसद्मा अवरोध नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले जसरी पनि संसद् नियमित गतिविधि अगाडि बढाउने बताउँदै गर्दा सोमबार नै बसेको प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अगाडि बढ्न नदिने निष्कर्ष निकालेको छ । बैठकले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर