१८ आना जग्गामा तरुण दलको भवन बन्दै, सरकारद्धरा ३ करोड बिनियोजन

 

काठमाडौँ — मैयादेवी श्रेष्ठले रवि भवननजिकै उपलब्ध गराएको १८ आना जग्गामा तरुण दलको भवन बनाउन सरकारले  तीन करोड रुपैयाँ छुट्याएको छ । काठमाडौं महानगरपालिका वडा नं १३ स्थित रवि भवननजिककै जग्गामा ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा सरकारले आगामी आर्थिक वर्षको बजेटबाट तरुण दलको भवन बनाउन बजेट विनियोजन गरेको हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङ स्वयंले विज्ञप्तिमार्फत यसबारे जानकारी दिँदै ‘तरुण दलको भवन निर्माणका लागि बजेट विनियोजन गर्न विशेष पहल गर्ने’ पार्टीका सभापति देउवा र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति आभार प्रकट गरेका छन् ।

सत्तारूढ दलको भ्रातृसंस्थालाई बजेट दिइएको विषयमा सार्वजनिक आलोचना सुरु भए पनि सहरी विकास मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खबर