प्रधानमन्त्री ओलीको सपना पुरा हुदै दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पत्ता लाग्यो

काठमाडौँ — चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पत्ता लागेको र यसको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म आउने विभागले जनाएको छ ।  चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास दैलेखको  जलजलेमा रहेको पत्ता लागेको हो । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।

चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको थियो प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको छ, अब व्यावसायिक परीक्षणको बाटो खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर