काठमाडौँ —तिनिधिसभा सोमबारको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर बताएकी छन् । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भन्नु भयो ‘मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी गरी हाल इजरायल तथा इरानमा रहनुभएका नेपालीलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ ।’ सम्वन्धीत देशको राजदूतहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको बताइन् । हालसम्म ८८५ जनाले विवरण दर्ता गरेको र विवरण दर्ता गर्ने क्रम बढ्दै गएको जानकारी गराउनु भयो ।




