काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले बुटवलमा युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिए पछि पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन् । यता महासचिव घनश्याम भुसालले भने जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका छन् । केही शक्तिशाली पदाधिकारीहरुले टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले १५ गते यसबारे कुनै प्रतिक्रिया नदिनु भनेर निर्देशन जारी गरेको थियो । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै स्पष्टीकरण सोधिएको कुरा बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएको आफ्नो कारणले कुनै हानी नहोस् भनेर मेरो मातहतको बैठक नभए पनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रम बारे जान्ने र सोही अनुसारको निवेदन दिएको जानकारी गराइन् ।




