सुनको मूल्य फेरि ३ लाख रुपैयाँमुनि, तोलामा २ हजार ३ सयले घट्यो

१ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँमुनि झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो। बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ६० रुपैयाँले घटेको हो।

यससँगै नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमाभन्दा तल आएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खबर