प्रधानमन्त्री बालेन्द्र शाहले आज न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ। यही असोज ६ गते मंगलबार साँझ कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्रीले करिब १५ मिनेटको सम्बोधनमा गत १० भदौको भोटेकोशी बाढीको विनाश उल्लेख गर्दै जलवायु न्याय, क्षतिपूर्ति र क्लाइमेट फाइनान्सका लागि विश्व समुदायसँग आग्रह गर्नुहुनेछ।
प्रधानमन्त्रीले महासचिव एन्टोनियो गुटेरेससँग छुट्टै भेट गर्नुहुने तथा भोलि असोज ९ गते शुक्रबार नेपालद्वारा आयोजित ‘सगरमाथादेखि सागरसम्म’ साइड इभेन्टमा सहभागी हुनुहुने कार्यक्रम छ। उहाँको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ। प्रधानमन्त्री असोज १० गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ।




