काठमाडौं, मंगलबार, १० कार्तिक,
पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन्।
कात्तिक ६ देखि ८ गतेसम्म सञ्चालन भएको उक्त फोरममा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयवस्तुमा आयोजित सम्मेलनमा अन्तर्राष्ट्रिय सहकार्य, विश्व शान्ति, विकासशील राष्ट्रहरूको भूमिका, जलवायु परिवर्तन, हरित अर्थतन्त्र र दिगो विकासबारे छलफल भएको थियो।
सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा र अन्तर्राष्ट्रिय शासन प्रणालीमा सुधारका विषयसमेत उठाइएको थियो। एमालेको सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।




