सुनको मूल्य नयाँ शिखरमा, चाँदीले पनि लियो उचाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर नयाँ कीर्तिमान बनाउँदै गएको छ। मंगलबार छापावाल सुन प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएको छ, जुन अहिलेसम्मकै उच्च हो।

यसअघि सोमबार प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भई मंगलबार प्रतितोला दुई हजार चार सय ८५ रुपैयाँ पुगेको छ। सोमबार यसको मूल्य दुई हजार चार सय ७० रुपैयाँ थियो।

प्रतिक्रिया
सम्बन्धित खबर