टुँडिखेलमा भव्य समारोहसहित संविधान तथा राष्ट्रिय दिवस सम्पन्न

काठमाडौँ । संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा भव्य विशेष समारोह सम्पन्न गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित उच्चपदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाली सेनाले आकर्षक आश्वकला प्रदर्शन गरेका थिए, जसले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनायो।

📸 तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया
सम्बन्धित खबर