राष्ट्रपति रामचन्द्र पौडेल कतार औपचारिक भ्रमणमा प्रस्थान

१७ कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतारको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।

बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका राष्ट्रपति पौडेल ‘द्वितीय सामाजिक विकास विश्व शिखर सम्मेलन (Second World Summit for Social Development)’ मा सहभागी हुने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेलको टोलीले आगामी कात्तिक २० गतेसम्म कतारमा रहनेछ।

यसअघि गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको यो औपचारिक भ्रमणलाई स्वीकृति दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर