मेनपावरको सख्या दिनानु दिन बडेदो १० महिनामा ११० बड्यो ।

काठमाडौं : वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको १० महिनामा ११० वटा नयाँ म्यानपावर कम्पनीको लाइसेन्स जारी गरेको छ

विभाग स्रोतका अनुसार आर्थिक वर्षको सुरुवातमा धेरै र आर्थिक वर्षको समाप्तितिर क्रमशः न्यून संख्यामा म्यानपावर कम्पनी दर्ता हुने गरेका छन् । मासिक सरदर ११ म्यानपावर कम्पनी दर्ता हुने गरेकोमा पछिल्लो वैशाख महिनामा ६ वटा मात्रा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् । प्रायः भिडभाडपूर्ण रहने विभागको संस्था शाखा जेठ लागेपछि सुनसान बनेको शाखाका कर्मचारीहरू बताउँछन् ।

हाल नयाँ म्यानपावर कम्पनी दर्ता गर्न वार्षिक ३ हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी, ५ हजार जनासम्म कामदार पठाउने कम्पनीलाई १ करोड नगद धरौटी र ३ करोड रुपैयाँको बैंक ग्यारेन्टी तथा वार्षिक ५ हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई २ करोड नगद धरौटी तथा ४ करोड रुपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ ।

चालू आर्थिक वर्ष दर्ता भएका सबैजसो म्यानपावर कम्पनी वार्षिक ३ हजार जनासम्म कामदार पठाउने कम्पनी रहेका छन् । ती कम्पनी ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेर दर्ता भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खबर