एसिया कपमा भारतको प्रभावशाली प्रदर्शन, पाकिस्तान ७ विकेटले पराजित

३० भदौ, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जित हात पार्दै सुपर फोरमा प्रवेशको ढोका लगभग खोलेको छ ।

आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले दिएको १२८ रनको साधारण लक्ष्य भारतले १५.५ ओभरमै ३ विकेटको क्षतिमा सजिलै पूरा गर्‍यो ।

भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रनको उत्कृष्ट पारी खेले भने ओपनर अभिषेक शर्मा र तिलक वर्माले समान ३१ रन जोडे । शुभमन गिल र शिवम दुवेले पनि समान १०–१० रनको योगदान दिए । पाकिस्तानका लागि तीनै विकेट सायम अयुबले लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमै सीमित रह्यो । भारतको कड्क बलिङका अगाडि पाकिस्तानी टोली कुनैबेला खेलमा पकड जमाउन सकेन ।

पाकिस्तानका शाहिबजादा फरहानले ४० रन बनाए भने शाहीन अफ्रिदी ३३ रनमा अविजित रहे । फखर जमानले १७ रनको योगदान दिए ।

प्रतिक्रिया
सम्बन्धित खबर