आलमको मृत्यु भएको पुष्टि

नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलम एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

आलमका छोरा डा. राजीक आलमका अनुसार बुवालाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । ‘त्यहाँ स्वास्थ्यमा सुधार आए पछि घर ल्याएका थियौं । केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भयो’ उनले भने ।

एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगिएको छोरा डा. राजीकले जानकारी दिए । पुरानै समस्या बल्झिए पछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खबर