काठमाडौँ — नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढेर २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा रहेको चाँदी सोमबार ५० रुपैयाँले वृद्धि भई ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी दुवैको मूल्यमा आएको यो वृद्धि पछिल्ला सातादेखि अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यको प्रभावका कारण भएको बताइन्छ।




