काठमाडौँ ।
लगातार चार खेलमा हार बेहोरेको जनकपुर बोल्ट्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा जनकपुरले बलियो मानिएको चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयरथमा फर्किने संकेत दिएको छ।
चितवनले दिएको १७७ रनको चुनौती जनकपुरले उत्कृष्ट ब्याटिङ प्रदर्शनका आधारमा निर्धारित ओभरभित्रै ४ विकेटको क्षतिमा सहजै सांसार गर्यो। हारको दबाबबाट मुक्त हुँदै जनकपुरको यो जितले लिगमा रोमाञ्चक मोड ल्याएको छ।




