काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ। सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ३ सय ९० रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँले घटेको हो।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार १ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले आगामी दिनमा सुनचाँदीको मूल्यमा थप परिवर्तन आउन सक्ने व्यवसायीहरू बताउँछन्।




