वीरगन्जमा १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

वीरगन्ज (पर्सा), २० असोज (२०८३) — पर्साको वीरगन्जबाट भारतबाट भन्सार छली ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ प्रहरीले बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान (रु ५,५२,२१०) तथा वडा–१६ रजतजयन्ती चोकबाट कस्मेटिक सामान र स्याउ (रु ४,५४,५५०) बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बरामद सामान कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खबर