११ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ६ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यससँगै नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।




