फिफा विश्वकप २०२६का लागि अहिलेसम्म २९ राष्ट्र छनोट

फिफा विश्वकप २०२६ का लागि छनोट प्रक्रियामा अहिलेसम्म २९ देशले आफ्नो स्थान सुरक्षित गरेका छन्। युरोपियन छनोट अन्तर्गत समूह ‘डी’ मा युक्रेनलाई ४–० ले पराजित गर्दै फ्रान्सले हालसालै विश्वकपमा स्थान पक्का गरेको हो। उक्त खेलमा फ्रान्सका केलियन एमबाप्पेले दुई गोल गरे भने ओलिस र एकिटिकेले एक–एक गोल जोडे।

आगामी वर्ष संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपका लागि अहिले सम्म २९ राष्ट्र छनोट भइसकेका छन्।
यसपटक विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन्।

महादेशगत रूपमा छनोट भएका टोलीहरू

एशिया (८)

अष्ट्रेलिया, इरान, जापान, जोर्डन (पहिलो पटक), दक्षिण कोरिया, उज्वेकिस्तान (पहिलो पटक), कतार, साउदी अरेबिया

उत्तर अमेरिका (३ – आयोजक)

क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका

दक्षिण अमेरिका (६)

अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे

ओसिनिया (१)

न्यूजिल्याण्ड

अफ्रिका (९)

मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, केप भर्डे (पहिलो पटक), दक्षिण अफ्रिका, आइभरी कोस्ट, सेनेगल

युरोप (२)

इंग्ल्यान्ड, फ्रान्स

अझै छनोट हुन बाँकी टोलीहरू

अब उत्तर अमेरिकाबाट ३, युरोपबाट १४ तथा अन्तरमहादेशीय प्लेअफबाट २ टोली छनोट हुन बाँकी छन्।
प्लेअफमा एशिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र ओसिनियाबाट एक–एक टोली प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप २०२६ : खेल स्थल र समूह संरचना

यो विश्वकप इतिहासमै पहिलो पटक ४८ टोली सहभागी हुने विश्वकप हुनेछ।
खेलहरू तीन राष्ट्रका १६ वटा शहरमा हुनेछन्।

  • संयुक्त राज्य अमेरिका (११ शहर): एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, कन्सास सिटी, लस एन्जलस, मायामी, न्यूजर्सी, फिलाडेल्फिया, सियाटल, सान फ्रान्सिस्को बे एरिया

  • क्यानडा (२ शहर): टोरन्टो, भ्यान्कुवर

  • मेक्सिको (३ शहर): मेक्सिको सिटी, ग्वादलाखारा, मोन्टेर्रे

प्रतिस्पर्धा ढाँचा

४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ, प्रत्येक समूहमा ४–४ टोली रहनेछन्।
१२ समूहका शीर्ष २ टोली तथा तेस्रो स्थानको उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नॉकआउट चरणमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित खबर