काठमाडौं । पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए। उनका अनुसार, चैत २३ गतेदेखि लागू हुनेगरी देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन सार्वजनिक बिदा दिइनेछ।
पेट्रोलियम आपूर्तिमा आएको अवरोधका कारण जनजीवनमा परेको प्रभावलाई ध्यानमा राख्दै अस्थायी रूपमा यो व्यवस्था लागू गरिएको सरकारको भनाइ छ।




