प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना खुलाएको छ। २१ फागुनमा हुने निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि निर्वाचन प्रहरी खटाइने भएको हो।

प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभागको भर्ना छनोट शाखाले सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको जनाएको छ।

इच्छुक उम्मेदवारहरूले पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सूचनाअनुसार सार्वजनिक बिदाका दिनहरूमा पनि दर्खास्त लिने व्यवस्था गरिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक जनशक्ति व्यवस्थापनका लागि यो भर्ना प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर